दशैं-तिहार मनाउन अमेरिकाबाट नेपाल आएका छोरा-बुहारीमाथि खुकुरी प्रहार

दशैं-तिहार मनाउन अमेरिकाबाट नेपाल आएका छोरा-बुहारीमाथि खुकुरी प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८२
  • 6.6K
    Shares

काठमाडौं ५ कार्तिक २०८२।

दशैंमा दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित्को आशिर्बाद दिएका काठमाण्डौका एक बाबुले तिहारको रमाइलो चलिरहेका बेला अमेरिकाबाट आएका छोरा-बुहारीलाई खुकुरीले हानेर घाइते बनाएका छन्।

काठमाडौंको कागेश्वरी मनहरा–५, थलीका ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा अमेरिकाबाट दशैं–तिहार मनाउन आएका छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारीलाई खुकुरीले हानेर घाइते बनाएका हुन्।

रुविसको हातका चार औंला काटिएका छन् भने मनिताको कुममा चोट लागेको छ। उप्रेतीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया