म्याग्दीमा पांच दिनदेखि सम्पर्कबिहीन ९५ वर्षीया बृद्धा खोरियामा मृत भेटिइन्

म्याग्दीमा पांच दिनदेखि सम्पर्कबिहीन ९५ वर्षीया बृद्धा खोरियामा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८२
  • 4.8K
    Shares

काठमाडौं ५ कार्तिक २०८२।

म्याग्दीमा पांच दिनदेखि सम्पर्कबिहीन ९५ वर्षीया बृद्धा खोरियामा मृत भेटिएकी छिन।

गत असोज २९ गते दिउँसोदेखि बेनी नगरपालिका-६,जामुनाखर्कस्थित घर नजिकबाट सम्पर्कविहिन ९५ बर्षिया सानिमायाँ खत्री सोही गाउँमा रहेको खोरियाको अफ्ठारो ठाउँमा मृत भेटिएकी हुन्।

पोखराबाट आएको तालिमप्राप्त कुकुरसहितको खोज तथा उद्धार टोली र जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले ९५ बर्षिया सानिमायाँ खत्रीलाई सानीचौतारीको तल खोरियाको अफ्ठारो ठाउँमा मृत भेट्टाएको प्रहरीले जानकारी दिएको छ।

उक्त खोजि टोलीमा पोखराबाट खोजी तथा उद्धार विषयको तालिम प्राप्त प्रहरी कुकुर ‘ज्याक ‘ तथा केनाइन शाखा पोखराका प्रहरी नायब निरीक्षक मिलन केसी, प्रहरी हबल्दार दिपककुमार राउत, प्रहरी जवान अनिल थापा र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक सरोज मजाकोटी सहितको टोली परिचालित भएको थियो।

प्रतिक्रिया