जेन जी आन्दोलनका क्रममा प्रहरी जवान थापाको कुटेर हत्या गर्ने थप एक जना पक्राउ

जेन जी आन्दोलनका क्रममा प्रहरी जवान थापाको कुटेर हत्या गर्ने थप एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८२
  • 6.1K
    Shares

प्रहरी जवान उत्तम थापा

काठमाडौं ५ कार्तिक २०८२।

जेन जी आन्दॉलनका क्रममा काठमाण्डौको महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्या गरेको आरोपमा थप एक जना युवा पक्राउ परेका छन्।

प्रहरी जवान थापाको हत्या आरोपमा काठमाण्डौको धुम्बाराहीबाट २१ वर्षीय साेम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

दार्चुला घर भएका थापाको जेनजी आन्दोलनको क्रममा भदौ २४ गते हत्या भएको थियो । उनलाई कुटिकुटी हत्या गरिएको थियो ।

महाराजगञ्जमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङ पनि हत्या भएको थियो ।

यसअघि जवान थापा तथा असई र हवल्दारको हत्या आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया