रौतहटमा गुड्दा गुड्दैको बसमा आगलागी : जलेर ध्वस्त

रौतहटमा गुड्दा गुड्दैको बसमा आगलागी : जलेर ध्वस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८२
  • 5.4K
    Shares

काठमाडौं ५ कार्तिक २०८२।

रौतहटमा गुड्दा गुड्दैको बसमा आगलागी हुँदा जलेर ध्वस्त भएको छ।

काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२-०३-००१ ख ५५५५ नम्बरको बस आज बिहान ७:२० बजेतिर पूर्वपश्चिम राजमार्ग चन्द्रपुर ४ स्थित पूर्वपश्चिम राजमार्ग लच्का नजिकै पुग्दा आगलागी भएर ध्वस्त भएको हो।

उक्त बसमा ब्याट्रीको तार सर्ट भएर आ’गलागी भएको र कुनै पनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । बसमा लागेको आगो सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया