पोखरा ५ कार्तिक २०८२।
पोखरा ल्याइदै गरेको सात सय ग्राम गाँजासहित काभ्रेका दुई युवा तनहुँमा समातिएका छन्।
पोखरा आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसमा पोखरा आउंदै गरेका काभ्रेका दुई युवा अबैध लागू औषध गाँजा सात सय ग्रामसहित तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट समातिएका हुन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१० थापागाउँ कामीटोल बस्ने २० वर्षीय प्रकाश विक र २३ वर्षीय अभिषेक विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्ग सडक-खण्डमा सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जॉच गर्ने क्रममा काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसबाट निजहरुलाई पक्राउ गरिएको हो।
साईडमा भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा सात सय ग्राम गाजा बरामद भएको जनाइएको छ ।