गएराती चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको निधन

गएराती चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०८२
  • 3.8K
    Shares

मोटरसाईकल दुर्घटना

पोखरा ५ कार्तिक २०८२।

गएराती चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको निधन भएको भएको छ।

जिल्लाको खैरहनी नगरपालिका २ जनजिवन टोलस्थित भित्री सडकमा बागमती प्रदेश ०३ ००५ प ४३०२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा एक युवाको निधन भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी २२ / २३ वर्षका युवाको अहिलेसम्म पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। मा

टाउकोमा गम्भिर चोट लागेको उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सांकेतिक चित्र

प्रतिक्रिया