पोखरा ५ कार्तिक २०८२।
संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जना पुरुषको हत्या भएको छ ।
खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा मंगलबार साँझ स्थानीय विक्रम कुमालले धारिलो हतियार प्रहार गरी कर्णबहादुर कुमालको हत्या गरेका हुन् ।
विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले मंगलबार साँझ करिब ७ बजे खाँदबारी ९ सालबिसाउने टोलमा हत्या भएको सुचना आएपछि प्रहरी नायव निरीक्षक देवीबहादुर कार्कीको कमाण्डमा टोली खटिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए।
हाल प्रहरीको नियन्त्रणमा रहेका विक्रम कुमालले कर्णबहादुर कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरे स्वीकार गरेका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए। तर, हत्या गर्न पछाडिको कारण सोध्दा उनले कुनै उत्तर नदिएको मैनालीले बताए ।
घटनास्थलमा आवश्यक अनुसन्धान जारी राख्दै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।