पोखरा ४ कार्तिक २०८२।
जेन जी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा पटके गुण्डा सोनम थेवे पक्राउ परेका छन् ।
गुण्डा नाइके चक्रे मिलन समूहका सदस्य रहेको ठानिएका थेबेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोप प्रहरिले लगाएको छ।
थेबेले धुम्बराही क्षेत्रका व्यवसायीहरुलाई धाक धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए । गुण्डागर्दीमा सलंग्न थेवे पटके गुण्डा समेत हुन् ।