तनहुँमा जेके मृत अवस्थामा भेटिए

तनहुँमा जेके मृत अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०८२
  • 14.5K
    Shares

पोखरा ४ कात्तिक २०८२ ।

तनहुँमा सोमबार साँझ एक युवा मृत अवस्थामा भेटिएका छन्।

जिल्लाको व्यास नगरपालिका वडा नमब्र १० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक सोमबार साँझ व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा मृत अवस्थामा भेटिएका हुन्।

मृत फेला पर्नेमा व्यास नगरपालिका–१० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । सांकेतिक चित्र

प्रतिक्रिया