जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका वलात्कार सम्बन्धि मुद्दाका एक बन्दि बागलुङमा समातिए

जेन जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका वलात्कार सम्बन्धि मुद्दाका एक बन्दि बागलुङमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ कार्तिक २०८२
  • 5.3K
    Shares

पोखरा ४ कात्तिक २०८२ ।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका वलात्कार सम्बन्धि मुद्दाका एक जना बन्दी बागलुङबाट पक्राउ परेका छन्।

गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका दाङको तुलसीपुर उपमहान्गरपालिका वडा नम्बर १८ निवासी २७ वर्षीय विशाल भन्ने शेर बहादुर नेपाली बागलुङबाट पक्राउ परेका हुन्। उनी जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका थिए।

उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलिले सोमबार बागलुङ नगरपालिका वडा नं. ०६ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बन्दी नेपालीलाई फैसला कार्यान्वयनको लागी जिल्ला कारागार कार्यालय बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया