काठमाडौं ४ कात्तिक २०८२ ।
काठमाण्डौमा कारले स्कुटरलाई ठक्कर दिंदा घाइते भएका स्कुटरचालकको मृत्यु भएको छ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा बा ५ च ८३२० नम्बरको कारले बाप्र०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए। उनको शङ्खरापुर अस्पतालमा उपचार भएको थियो।