राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरण : लुटेको रकमले बुलेट मोटरसाइकल किनेको खुलासा

राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरण : लुटेको रकमले बुलेट मोटरसाइकल किनेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८२
  • 6K
    Shares

काठमाडौं ३ कात्तिक २०८२ ।

काथ्मान्दौको नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ।

उक्त लुटपाटमा पक्राउ परेका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठसंग प्रहरीले गरेको सोध्खोजका क्रममा जेन जी आन्दॉलनका क्रममा लुटिएको उक्त बैंकको रकमबाट बुलेट मोटरसाइकल खरिद गरेको तथ्य खुलेको हो। उनले लुटेको रकमबाट रातो रङको बुलेट मोटरसाइकल किनेको प्रहरी समक्ष स्वीकार गरेका छन्।

श्रेष्ठले बैंकबाट करिब दुई लाख ५० हजार रुपैयाँ लिएर त्यसमा एकलाख ७२ हजार थप गरी कुल चार लाख २२ हजारमा मोटरसाइकल खरिद गरेको प्रहरी समक्ष बताएका छन्।

श्रेष्ठले बैंकबाट नगद रकमसँगै तीन थान सुनका बाला, एक थान बेरुवा औंठी र गणेशको लकेट भएको सिक्रि समेत लिएर हिँडेका प्रहरीले जानकारी दिएका छन्।

यस प्रकरणमा श्रेष्ठसँगै एक नाबालकलाई समेत प्रतिवादी बनाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

स्मरण रहोस्, नयाँ बानेश्वरस्थित सो शाखाबाट करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको थियो। सो मध्ये १७ हजार नौ सय ४५ ग्राम सुन र पांच करोड १५ लाख रुपैयाँ नगद रहेको बताइएको छ।

प्रहरीका अनुसार श्रेष्ठबाट केही मात्रामा सुन बरामद गरिएको भए पनि बाँकी सुन र नगद रकम कहाँ गए भन्नेबारे अझै खुल्न बाँकी छ। एआईले तयार पारेको सांकेतिक चित्र

प्रतिक्रिया