जेन जी आन्दोलनका क्रममा कास्की कारागारवाट भागेका बन्दी पाल्पामा समातिए

जेन जी आन्दोलनका क्रममा कास्की कारागारवाट भागेका बन्दी पाल्पामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०८२
  • 3.9K
    Shares

पोखरा ३ कार्तिक २०८२।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारवाट भागेका एक बन्दी पाल्पामा समातिएका छन्।

कास्की जिल्ला कारागारवाट भागेका पाल्पाको माथागढी गाउँपालिका–कसेनीका ४२ वर्षीय केशवबहादुर कुमाल उनको घरबाटै पक्राउ परेका हुन्।

आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमाललाई यसअघि पोखरामा नियन्त्रणमा लिएर कारागार चलान गरिएको थियो। तर, गत भदौ २४ गते जेनेरेसन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी घरमा आएर लुकिछिपी बस्दै आएको प्रहरीले बताएको छ।

प्रतिक्रिया