काठमाडौँ, ३ कार्तिक २०८२।
जेन जी आन्दोलन सकिए लगत्तै अमेरिका भागेको ठानिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का जेन जी आन्दोलनका क्रममा जलाइएको काठमाण्डौको बुढानीलकण्ठस्थित आफ्नै घरमा झुल्किएका छन् ।
उनी केही पत्रकार, आफ्ना सहयोगी र कार्यकर्ताका साथमा आन्दोलनका क्रममा जलाइएको बुढानीलकण्ठस्थित आफ्नै घर अगाडी झुल्किएका हुन्
अहिले ऊर्जामन्त्री पत्रकारहरुसँग आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै अन्तरक्रिया गरिरहेका छन् ।
पत्रकारहरुसँगको कुराकानीका क्रममा देशको पछिल्लो अवस्था र भदौ २३-२४ गतेको घटनाका विषयमा आफ्ना कुरा राखिरहेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एउटा टेलिभिजन अन्तरवार्तामा सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
त्यसो त उनी नेपालबाट भागेर अमेरिका पुगेको र त्यहाँ पनि जेन जी समर्थकहरुले समातेर प्रहरीलाई बझाउने चेतावनी दिए पछि उनी अमेरिकाबाट समेत बेपत्ता भएका समाचार स्रोतहरुले जानकारी दिएका छन्।