पोखरा २ कार्तिक २०८२।
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९९१ नं को ट्याक्टर आइतबार लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर बर्दगोरिया गाउँपालिका-४ का ६४ वर्षीय दानबहादुर साउँद, ३४ वर्षीय हर्क साउँद र १६ वर्षीय शीतल साउँदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार मलामी बोकेको उक्त ट्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।ट्याक्टर अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ ।