पोखरा २ कार्तिक २०८२
पोखराबाट अबैध लागू औषध ब्राउनसुगर सहित एक युवा समातिएका छन्।
पोखरा माहानगरपालिका वडा नम्बर १७ घारीपाटन बस्ने २५ वर्षीय नबराज चापागाई थापा अबैध लागू औषध ब्राउनसुगर सहित पोखरामा समातिएका हुन्।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलिले शनिबार राती करीब साढे नौ बजेको समयमा घारीपाटनबाट समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त थापाको साथबाट तीन वटा स-सानो पुरियामा ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको र घरकोठाबाट पहेँलो रंगको बट्टामा लुकाई छिपाई राखेको लागू
औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहितका विभिन्न १३ वटा स-सानो पुरिया तत्काल
तौल गर्दा जम्मा लागू औषध ब्राउन सुगर ०.९२ ग्राम, नगद रु.९४, हजार पांच सय र मोवाईल दुई थान मोबाइल बरामद भएको प्रहरीले दाबी गरेको छ।
अभियुक्त नबराज चापागाई थापा बिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।