लिथियम ब्याट्री पड्किएपछि एयर चाइनाको जहाजमा आगलागी : चीनकै साङ्हाईमा आपतकालीन अवतरण

लिथियम ब्याट्री पड्किएपछि एयर चाइनाको जहाजमा आगलागी : चीनकै साङ्हाईमा आपतकालीन अवतरण


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०८२
  • 6.9K
    Shares

पोखरा २ कार्तिक २०८२।

उक्त जहाज चीनको हाङ्चौबाट दक्षिण कोरियाको इन्चिओनतर्फ जाँदै थियो । आगो लागेपछि विमानलाई चीनकै साङ्हाईमा आपतकालीन अवतरण गराइएको रुसी च्यानल आरटीले उल्लेख गरेको छ ।

चीनको एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानको सामान राख्ने डिब्बाभित्र लिथियम ब्याट्रीमा आगलागी भएपछि त्यसको उडानमार्ग परिवर्तन गरिएको छ ।
फ्रान्स २४ का अनुसार, उडान नम्बर सीए–१३९ शनिबार (अक्टोबर १८) बिहान चीनको हाङ्जाओबाट दक्षिण कोरियाको सियोलनजिकैको इन्चेओन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा यो घटना भएको थियो ।
भिडियो फुटेजमा यात्रुले क्याबिनका कर्मचारीलाई मद्दतको संकेत गर्दा खुला रहेको सामान राख्ने डिब्बाबाट धुवाँ र आगोको मुस्लो निस्किरहेको देखिन्छ । त्यसपछि विमानका दुई कर्मचारी पछाडिबाट आगोतर्फ दौडिँदै आइरहेका देखिन्छन् ।
फ्रान्स २४ का अनुसार, एयरलाइन्सले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उडान सीए–१३९ मा सामान राख्ने डिब्बामा राखिएको एक यात्रुको हातले बोक्ने झोलाभित्रको लिथियम ब्याट्रीमा अचानक आगलागी भयो ।”
एयरलाइन्सले अगाडि भनेको छ, “कर्मचारीहरूले तुरुन्तै प्रक्रियाअनुसार स्थिति नियन्त्रणमा लिए र कसैलाई पनि चोट लागेको छैन ।”
एयरलाइन्सका अनुसार, उडान सुरक्षा निश्चित गर्न विमानलाई चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्धारित तालिकाभन्दा बाहिर आपत्कालीन अवतरणका निम्ति मार्ग परिवर्तन गरिएको थियो ।
फेडरल एभिएसन एडमिनिस्ट्रेसनका अनुसार, लिथियम ब्याट्रीमा विभिन्न कारणले गर्दा थर्मल रनअवे अर्थात् स्वयं तातिने प्रक्रियाबिना कुनै चेतावनी हुनसक्छ । यसमा ब्याट्री बिग्रिनु, अत्यधिक तापक्रममा पुग्नु, पानीको सम्पर्कमा आउनु, धेरै चार्ज हुनु वा राम्ररी प्याक नगर्नुजस्ता कारक हुन्छन् ।
लिथियम ब्याट्रीहरू सामान्यतया स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, ई–रीडर, स्मार्टवाच, फिटनेस ट्र्याकर र पोर्टेबल पावर बैंकजस्ता उपकरणमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260