जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका नौ जना बन्दी गोरखाबाट समातिए

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका नौ जना बन्दी गोरखाबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ कार्तिक २०८२
  • 6K
    Shares

पोखरा, १ कार्तिक २०८२।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका नौ जना बन्दी गोरखाबाट समातिएका छन् ।

गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका नौ जना बन्दी गोरखाबाट समातिएका हुन् ।

गोर्खाका विभिन्न स्थानहरुबाट पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ रिञ्जिन लामा, सोनाम ग्याल्जेन लामा, तेञ्जिन रिक्देल लामा र भीमसेन थापा गाउँपालिका १ का राजेश विश्व सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत बहादुर बिकले जानकारी दिए ।

कार्यालयका अनुसार पक्राउ परेकामध्ये अधिकांश कर्तव्य ज्यान र बलात्कार मुद्दाका छन् । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ रिञ्जिन लामा, सोनाम ग्याल्जेन लामा, तेञ्जिन रिक्देल लामा र भीमसेन थापा गाउँपालिका १ का राजेश विश्व सुनार रहेको उनले जानकारी दिए । उनीहरु सबै कास्की कारागारबाट भागेका थिए ।

त्यस्तै पालुङ्टार नगरपालिका–१ का बमबहादुर श्रेष्ठ, भरत ठकुरी, वडा नम्वर ६ का सामुयल नेपाली, सिरानचोक गाउँपालिका–५ का बिक्रम नेपाली, धनकुटा छथरजोरपाटी गाउँपालिकाका सुमन सुनदास र लमजुङको राइनास नगरपालिका–६ का बाबुराम नेपाली पक्राउ परेको एसपी बिकले बताए । उनीहरुमध्ये चार जना कास्की कारागारबाट र बाँकी दुई जना काठमाडौंको जगनन्नाथदेवल कारागारबाट भागेका हुन् ।

मानव बेचविखन मुद्दामा सजायँ भोगिरहेका दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ की सुस्मा मग्राती र धादिङको धुनीवेशी नगरपालिकाका भुवन तामाङ रहेका छन् । जेनजी आन्दोलनको क्रममा मग्राती बाल सुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी थिइन् भने तामाङ केन्द्रीय कारागार काठमाडौबाट भागेका थिए ।

चोरी मुद्दामा कारागार कार्यालय तनहूँमा सजायँ भोग्दै आएका र आन्दोलनको क्रममा भागेका बिशाल उपरकोटी पनि पक्राउ परेका छन् । उनी सिरानचोक गाउँपालिका–२ निवासी हुन् । बिभिन्न मितिमा पक्राउ परेका उनीहरुलाई हाल गोरखा कारागारमा राखिएको एसपी बिकले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार