ललितपुरबाट पोखरा शैक्षिक भ्रमण आएका कालिकोटका बालकको फुर्सेखोलामा डुबेर मृत्यु

ललितपुरबाट पोखरा शैक्षिक भ्रमण आएका कालिकोटका बालकको फुर्सेखोलामा डुबेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असोज २०८२
  • 3.7K
    Shares

पोखरा, ३० असोज २०८२।

ललितपुरबाट पोखरा शैक्षिक भ्रमण आएका कालिकोटका एक बालकको पोखराको फुर्सेखोलामा डुबेर मृत्य भएको छ।

कालिकोट घर भै हाल ललितपुर उपमहानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेका देवकोटाको तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी शैक्षिक भम्रणका क्रममा पोखरा आएका थिए । कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुरमा बस्दै आएका थिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार