होटलमा खाना खाइरहेका ऐरमाथि कैलालीमा धारिलो हतियार प्रहार : भारततिर भाग्दै गर्दा ११ युवा समातिए

होटलमा खाना खाइरहेका ऐरमाथि कैलालीमा धारिलो हतियार प्रहार : भारततिर भाग्दै गर्दा ११ युवा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ असोज २०८२
  • 6.2K
    Shares

पोखरा, २९ असोज २०८२।

कैलालीस्थित एक होटलमा खाना खाइरहेका एक व्यक्तिलाई खुकुरेले हानेर घाइते बनाई भारततिर भाग्दै गरेका ११ जना युवा नेपाल – भारत सीमाबाट पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ को एक होटेलमा असोज २६ गते खाना खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय गौरव ऐरलाई धारिलो हतियारले हानेर घाइते बनाइ भारततिर भाग्दै गरेका ११ जना नेपाल – भारत सीमाबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , पक्राउ पर्नेहरुमा धनगढी–२ का २९ वर्षीय सन्नी भनिने भीम नेपाली, धनगढी–२ कै १८ वर्षीय अनुपम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय किरण महरा, धनगढी– २ बस्ने १८ वर्षीय मुस्कान सिंह पक्राउ परेका छन्।

यस्तै पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका २ का २० वर्षीय बबिन सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय गोविन्द बलायर, धनगढी– २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का १८ वर्षीय विशाल बोहरा, १८ वर्षीय प्रिन्स सिंह, कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय दिनेश बिक र कञ्चनपुरकै पुर्नवास–१० का ३२ वर्षीय अनिल बिक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले भारत भाग्ने क्रममा मङ्गलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को नेपाल–भारतको सिमानाका रहेको त्रिनगर भन्सारबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

होटेलमा खाना खाइरहेका ऐरलाई धारिलो हतियारले प्रहार गरी उनको हातको औला काटिनुको साथै टाउको र घाटीमा चोट लागेको थियो। घाइते ऐरलाई तत्काल उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा पठाइएकोमा थप उपचारका लागि भारत लगिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार