पोखरा, २८ असोज २०८२।
रुकुम पश्चिमका एक बोर्डिङ स्कुलका प्रिन्सिपल आज बिहान काठमाण्डौस्थित होटलमा मृत भेटिएका छन्।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन आज बिहान काठमाडौँ सुनधारास्थित रोयल थकाली हाेटलमा मृत भेटिएका हुन्।
उनी उक्त होटलमा सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ।