पोखरा, २८ असोज २०८२।
पोखरा, २८ असोज २०८२।
तनहुँको बन्दीपुर-४ विमलनगरमा शनिबार भएको दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुवै जनाको निधन भएको छ।
आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नं. को बस र बिपरीत दिशा तर्फ जाँदै गरेको ग २६ प ९२८७ नं. को स्कुटर बन्दीपुर ४ बिमलनगरस्थित पृथ्वी राजमार्ग सडक-खण्डमा एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा घाइते भएका स्कुटरमा सवार दुवै जनाको निधन भएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएर अस्पतालमा अपचार भैरहेका गोरखा धार्चे गाउपालिका वडा नम्बर ७ घर भएका स्कुटर चालक अन्दाजी २८ वर्षीय पुनराम गुरुङ र स्कुटरको पछाडी सवार सोही ठाउँको अन्दाजी ३२ वर्षीय मनोज गुरुङ निधन भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका दुवै जनाको भरतपुरस्थित नयाँ चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको प्राप्त समाचारमा जनाइएको छ।