झापाको मनकामना अस्पतालाका संचालक डा. यादव जबरजस्ती करणीको आरोपमा पक्राउ

झापाको मनकामना अस्पतालाका संचालक डा. यादव जबरजस्ती करणीको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ असोज २०८२
  • 3.4K
    Shares

मनकामना अस्पताल, चारआली झापा

पोखरा, २८ असोज २०८२।

झापामा रहेको एक निजि अस्पतालाका संचालक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।

झापाको मेचीनगर नगरपालिका–१३, चारआलीमा रहेका मनकामना अस्पताल प्रा.लि.का सञ्चालक चिकित्सक दिलीपकुमार यादव जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्।

पीडित २७ वर्षीया युवतीले आफूलाई ४७ वर्षीय डा. यादवले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिए पछि डा. यादबलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा आरोप सम्बन्धी थप प्रमाण सङ्कलन कार्य जारी रहेको बताएको छ।

स्थानीयवासीका अनुसार यादवविरुद्ध यसअघि पनि सेवाग्राहीप्रति असहज र अनुचित व्यवहार गरेको गुनासो आइरहँदै आएको थियो। प्रहरीले यस विषयमा पनि छुट्टै रूपमा बयान लिने तयारी गरिरहेको जनाएको छ।प्रहरीका अनुसार अनुसन्धान सकिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया