पोखरा, २८ असोज २०८२।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक बन्दी म्याग्दीमा पक्राउ परेका छन्।
जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते कास्की जिल्ला कारागारबाट भागेका म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ५ मल्कवाङ घर भएका ४७ बर्षिय हिरा बहादुर वि.क. म्याग्दीकै मंगला गाउँपालिका वडा नं. २ थाइवाङबाट सोमबार पक्राउ परेका हुन्।
बिक कर्तव्य ज्यान मुद्दाका थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
“ कारागार कार्यालय कास्की बाट फरार थुनुवा म्याग्दीबाट पक्राउ ”
जेन्जी आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते कारागार कार्यालय कास्की बाट फरार भई जिल्ला म्याग्दी धवलागिरी गाउँपालिका वडा नं. ०५ मल्कवाङ वतन भएका कर्तव्य ज्यान मुद्दाका थुनुवा ४७ बर्षिय हिरा बहादुर वि.क. लाई
बिशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले पक्राउ गरेका बन्दी बिकलाई आवश्यक कानूनी कारबाहीको लागि कारागार कार्यालय म्याग्दीमा पठाईएको प्रहरीले जनाएको छ ।