तनहुँमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु , दुई घाइते

तनहुँमा भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु , दुई घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असोज २०८२
  • 6.5K
    Shares

तनहुँ, २५ असोज २०८२ ।

तनहुँको बिमलान्गरमा बस र स्कुटर एकआपसमा ठोक्किंदा एक जनाको निधन भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आइरहेको ग. १ ख. ९७०८ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ग. २६ प. ९२८७ नम्बरको स्कुटर शनिबार दिउँसो करिब सवा १२ बजे बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित पृथ्वीराजमार्गमा एकआपसमा ठोक्किंदा एक जनाको निधन भएको हो भने अर्को एक जना गम्भीर घाइते छन्।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक गोरखा धार्चे गाउँपालिका–७ का २८ वर्षीय पुनराम गुरुङको उपचारका क्रममा सिएमसी अस्पताल, भरतपुर चितवनमा मृत्यु भएको प्रहरी चौकी डुम्रेले जानकारी दिएको छ। ।
सोहि दुर्घटनामा परेर मोटरसाइकलमा सवार गोरखा सहिदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ बायाँ आँखामाथि र शरीरमा भित्रीचोट लागेर गम्भीर घाइते भएका छन् । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया