बारामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

बारामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, चार जना गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असोज २०८२
  • 6.8K
    Shares

पोखरा, २५ असोज २०८२।

बारामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको हो भने अन्य चार जना घाइते छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठपुजाका लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा सिम्रौनगढ नगरपालिका -५ निवासी ६५ वर्षीय शारदा देवीको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका चिकित्सकले पुष्टि गरेको छ ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ । घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार