पोखरा, २५ असोज २०८२।
कैलालीको एक खाजा पसलमा गएराती दुई युवाले अर्का एक युवाको हत्या गरी ताउकोसहित प्रहरीमा आत्मसमर्पण गरेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित एक खाजा पसलमा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरे पछि दुई युवाले त्यही टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।
प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ। यस बीभत्स घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।
बुढाको टाउको छिनाएर हत्या गरेपश्चात त्यही टाउको बोकेर घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्रीले इलाका प्रहरी कार्यालय सुखडमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
डिएसपी सिंहकाअनुसार, मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।