“१५ हजार रुपियाँ तलबले बााच्नै गार्‍हो भो” भन्दै पोखराको मणिपाल अस्पतालका स्टाफ नर्सहरु आन्दोलित

“१५ हजार रुपियाँ तलबले बााच्नै गार्‍हो भो” भन्दै पोखराको मणिपाल अस्पतालका स्टाफ नर्सहरु आन्दोलित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असोज २०८२
  • 4.9K
    Shares

पोखरा, २५ असोज २०८२।

नेपाल सरकारमा कार्यरत न्यूनस्तर कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारीले मासिक न्युनतम तलब २६ हजार तीन सय ४८ रुपियाँ पाउँछन् । नेपाल सरकारले नै गएको साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम मासिक तलब १९ हजार पांच सय ५० रुपियाँ निर्धारण गरेको छ। तर पोखराको मणिपाल शिक्षण अस्पतालले आफ्नो अस्पतालमा कार्यरत स्टाफ नर्सहरुलाई तलब हजार रुपियाँमा काम लगाउने गरेको खुलेको छ।

लाखौँ रुपियाँ खर्च गरेर स्टाफ नर्स बिषय लिई प्रविणता प्रमाणपत्र तह अर्थात १२ कक्षा पास गरेर नर्सिङ काउन्सिलको परिक्षा पास गरेर स्टाफ नर्स बनेका स्टाफ नर्सहरुले मणिपाल शिक्षण अस्पतालमा सरकारले तोकेको श्रमिकहरुको न्युनतम पारिश्रमिक पनि नदिई जम्मा १५ हजार रुपियाँ मासिक तलब दिने गरेको पिडित स्टाफ नर्सहरुले बताएका छन्।

मणिपाल शिक्षण अस्पताल ब्यबस्थापनले दिएको मासिक तलबले बाँच्न पनि गाह्रो भएको भन्दै त्यहाँ कार्यरत स्टाफ नर्सहरुले बिगत छ दिनदेखि आन्दोलन गरिरहेका छन्। उनीहरुको यो पिडा न सरकारले सुनेको छ, न त अस्पताल ब्यबस्थापनले।

सरकारले तोकेको न्युनतम पारिश्रमिक कार्यन्बयाँ नगरेकोमा मणिपाल शिक्षण अस्पताललाई कारबाही प्रक्रिया अगाडी बढाउनु पर्ने सरकारले “स्टाफ नर्सहरुलाई न्युनतम तलब १९ हजार पांच सय देउ” भनेर अस्पताल ब्यबस्थापनलाई भन्न पनि सकिरहेको छैन।

अस्पताल ब्यबस्थापन समक्ष आफूहरुले पटक – पटक राखेका मागहरुलाई बेवास्ता गरिएको भन्दै उक्त अस्पतालमा कार्यरत स्टाफ नर्सहरु अहिले दैनिक जसो अस्पताल प्रांगणमा जम्मा भएर अस्पताल प्रशासनबिरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। उनीहरुले आफूहरुलाई दिइएको १५ हजार रुपियाँ तलबले दैनिक जिबिको चलाउन पनि गाह्रो भएको त्यहाँ पुगेका संचारकर्मीहरु समक्ष गुनासो गरेका छन्।

स्टाफ नर्सहरु आन्दोलनमा उत्रिए पछि मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित बनेको छ। अस्पतालको सेवा ठप्प प्रायः भएको छ । स्टाफ नर्सहरु आनोलित भएका कारण अस्पताल प्रशासनले अस्पतालका वार्डमा रहेका बिरामीहरुलाई डिस्चार्ज गरिएको प्रशासनले बताएको छ । हाल सघन कक्षमा रहेका बाहेकका बिरामीालई सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।

नर्सहरुले तलब, भत्ता वुद्धिलगायतको माग राखि गत आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । दशैंपछि नर्स र अस्पताल प्रशासनबीच छलफल भई एक सातामा माग पुरा गर्ने बताइएपनि नर्सहरुले शंका र असन्तुष्टी जनाएपछि निकास निस्कन सकेको छैन ।
आन्दोलित स्टाफ नर्सहरु अस्पताल प्रशासनले बोलाएको वार्तामा नआएको अस्पताल ब्यबस्थापनले गुनासो गरेको छ। शुक्रबार दिउसो तीन बजे बोलाइएको वार्तामा आन्दोलित स्टाफ नर्सहरु सहभागी नभएको र नाराबाजीमै व्यस्त भइरहेका अस्पताल ब्यबस्थापनले दाबी गरेको छ ।

नर्सहरुले मानव संशाधान विभागमा आफ्ना प्रस्ताव र निर्णयहरु बुझाएका छन् । प्रशासनसँग भएको निर्णयमा तलब बृद्धिका सन्दर्भमा प्रमुख कार्यकारी निर्देशकसँग असोज १९ गते छलफल गर्ने, विशेष कार्यक्षमताका आधारमा तलब र सुविधा वृद्धि गर्ने, प्रत्येक महिनाको ५ गतेभित्र तलब खुवाउनेलगायतका बुँदा रहेका छन् ।

त्यस्तै, कर्मचारी कल्याण कोष, यातायात सुविधा, ड्युटीको समय, ओभरटाइम र सिफ्टकासम्बन्धमा समेत १९ गतेभित्र सहमतिमा जाने निर्णय गरिएको छ ।

मुलतः नर्सहरु सरकारीसरह सेवा, सुविधाको माग गर्दै असमान तलबविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले समय र श्रमको मूल्य पाउनुपर्ने मुख्य माग रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया