हुम्लाको चंखेलीमा जिप दुर्घटना : नौ जना घाइते

हुम्लाको चंखेलीमा जिप दुर्घटना : नौ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ असोज २०८२
  • 3.9K
    Shares

पोखरा, २४ असोज २०८२।

हुम्लामा जिप दुर्घटनाग्रस्त हुँदा नौ जना घाइते भएका छन्।

हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा आज बिहान करिब ११ बजे दुर्घटनाग्रस्त हुँदा नौ जना घाइते भएका छन्। चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

उक्त जिप दुर्घटनामा परेर घाइते हुनेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी प्रहरी निरिक्षक जंगराज सिंहले बताए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार