स्याङ्जामा चोरी भएका सुनका गरगहना पोखरामा बरामद : २८ वर्षीया युवती पक्राउ

स्याङ्जामा चोरी भएका सुनका गरगहना पोखरामा बरामद : २८ वर्षीया युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ असोज २०८२
  • 9.3K
    Shares

पोखरा, २४ असोज २०८२।

स्याङ्जामा चोरी भएका सुनका गरगहना पोखरामा बरामद भएको छ।

स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं.५ बागे स्थित उषा शर्माको घरबाट गएको असोज १८ गते साँझ छ बजे चोरी भएका सुनका गरगहना पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित प्रतिमा सुवेदीको डेराकोठाबाट बरामद भएको हो।

प्रहरीका अनुसार , शर्माको घरबाट चोरी भएका साढे तीन तोलाको लकेट सहितको सुनको सिक्री एक थान र दुईतोलाको सुनको बेरुवा औठी एक थानको खोजि अनुसन्धान गर्ने क्रममा स्याङ्जाको फेदीखोला–३ स्थायी घर भएकी २८ वर्षीया प्रतिमा सुवेदीलाई प्रहरीले पुतलीबजार नगरपालिका वडा नं. १ शहिदचोकबाट शंकश्पद अवस्थामा पक्राउ गरेको थियो। प्रहरी हिरासतमा पुगेपछि अभियुक्ता सुबेदीले शर्माको घरबाट चोरी गरेका सुनका गरगहना आफुले पोखरा १७ बिरौटास्थित आफ्नो डेराकोठामा राखेको प्रहरॆलाई जानकारी दिएकी थिइन्। प्रहरीले पोखराको बिरौटास्थित उनको डेराकोठामा छापा मार्दा स्याङ्जाकी शर्माको घरबाट चोरी गरेर ल्याएको गरगहना लुकाई राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको हिरासतमा रहेकी सुबेदीबिरुद्ध स्याङ्जा जिल्ला अदालतबाट चोरी सम्बन्धि कसूरमा १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार