सरकार गठनमा आयोगको कुनै हस्तक्षेप गर्न मिल्दैन – प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादव

सरकार गठनमा आयोगको कुनै हस्तक्षेप गर्न मिल्दैन – प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादव


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ बैशाख २०७४
  • 51.4K
    Shares

काठमाडौं, बैशाख २७– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले चुनावको बीचमा नयाँ सरकार गठन गर्न मिल्ने र उनले सरकार गठनमा आयोगको कुनै हस्तक्षेप गर्न मिल्दैन , त्यो आफूहरुको क्षेत्राधिकारको विषय पनि नभएको बताएका छन।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले भने, ‘हामीले सरकार गठनमा हस्तक्षेप ग¥यौं भने चुनाव गराउनु पर्ने मुल कामबाट विमुख पनि हुन सक्छौं ।’ बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा चलिरहेको बेला यादवबाट यस्तो धारणा आएको हो ।

उनले सरकारले जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै त्यसमा पनि आयोगले नरोक्ने बताए तर मतदातालाई प्रभावित पार्ने गरी भने बजेटमा कार्यक्रमहरु समावेश गर्न नपाइने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार