पोखरा, २३ असोज २०८२।
सीमापारी भारतको विहारस्थित सोनवर्षा बजारमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घ’टनामा मृ’त्यु भएका दुई जनाको सनाख’त भएको छ।
सोनवर्षा बजारमा बुधबार दिउँसो मधेश प्रदेश ०२–००८ प. ९९४२ नेपाली नम्बरको मोटरसाइकल जिबी ६७१५ नम्बरको टिप्परमा गएर ठो’क्किँदा मृ’त्यु भएका दुई जना युवाको सनाख’त भएको हो।
उक्त दुर्घट’नामा सर्लाहीको मलङ्गवा नगरपालिका–१०, निवासी १९ वर्षीय अजय राउत र अजयकै आफन्त भारत खुरसाहा बस्ने १९ वर्षीय सचिन राउतको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी दिएको छ ।
उक्त दुर्घट’नापश्चात चालक र टिप्पर सोनवर्षा थानामा भारतीय प्रहरीको निय’न्त्रणमा रहेको बताइएको छ । मृ’तक एक जना नेपाली युवक रहे पनि घटना भारतीय भूमिमा रहेकाले आवश्यक का’नुनी प्रक्रि’या, पोस्टमार्टम लगायत सबै प्रक्रि’या भारतमै हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए।