स्याङ्जा, २३ असोज २०८२।
स्याङ्जामा धारि’लो ह’तियार प्रहा’र हुँदा एक युवा घा’इते भएका छन्।
स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. २ बयरघारीका अन्दाजी २९ वर्षीय अनिल गुरुङले वालिङ नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ३४ को सुवर्ण लुईटेललाई बिहिबार दिउसो साढे दुई बजेको समयमा धा’रिलो ह’तियार प्रहा’र गरी घा’इते बनाएका हुन्।
धा’रिलो ह’तियार प्रहा’रबाट घा’इते भएका लुइंटेलको टाउको, घांटी लगायत अन्य स’म्बेदनशिल अंगमा समेत चो’ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
लुइंटेलमाथि आक्र’मण गर्ने अनिल गुरुङलाई वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी टोलीले भिरकोट नगरपालिका वडा नं. २ बयरघारीबाट प’क्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
पक्राउ परेका गुरुङबिरु’द्ध ज्यान मा’र्ने उद्यो’ग कसू’रमा मु’द्दा दर्ता गरी आवश्यक अ’नुसन्धान तथा कानू’नी का’रबाही प्रकृ’या अगाडी बढाईएको प्रहरीले जनाएको छ ।