नुवाकोटमा गएराती आफ्नै श्रीमतीको हत्या : श्रीमान् पक्राउ

नुवाकोटमा गएराती आफ्नै श्रीमतीको हत्या : श्रीमान् पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ असोज २०८२
  • 3.4K
    Shares

पोखरा, २२ असोज २०८२।
नुवाकोटमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीको ठुलापाटा वस्ने ५० वर्षिय जितमान तामाङले मङ्गलबार साँझ आफ्नै श्रीमती सविना तामाङको खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

घरायसी बिबादको कारण श्रीमान जितमानले श्रीमती सविनालाई धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जनाकारी दिए । प्रहरीले उनलाई पक्राउ गरि अनुसनधान शुरु गरेको छ ।

अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया