भारतमा ट्रकले किचेर तिहार मान्न नेपाल आउंदै गरेका तीन नेपालीको निधन : ट्रक अझै भेटिएन

भारतमा ट्रकले किचेर तिहार मान्न नेपाल आउंदै गरेका तीन नेपालीको निधन : ट्रक अझै भेटिएन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ असोज २०८२
  • 5.9K
    Shares

पोखरा २२ असोज २०८२।

नेपाली मात्रको महान चाड तिहार मनाउन नेपाल आउंदै गरेका तीन जना नेपालीको भारतमा ट्रकले किचेर निधन भएको छ।

बझाङको जयपृथ्वी नगरपालिका–७ छ्यालका गणेश सुनार, नरेन्द्रनाथ र निखिल रोकायको गत शनिबार भारतीय ट्रकले किच्दा घटनास्थलमै निधन भएको हो भने अञ्जली रोकाया अहिले पनि अस्पतालको शैय्यामा उपचाररत छिन् ।

उनीहरु सवार कार भारतको पीलीभीतस्थित बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिकै आइपुग्दा कारको पछाडिको टायर पन्चर भएको थियो कारको पछिल्लो टायर पन्चर भएर सडक किनारामा रोकी टायर मर्मत कार्य हुँदै थियो। सबै जना कारबाट ओर्लिएर सडक छेउमा उभिएका थिए । केहीले चालकलाई टायर फेर्न सहयोग गरिरहेका थिए । त्यही बेला पछाडिबाट आएको अनियन्त्रित ट्रकले ती मानिसहरूलाई किच्दै कारमा ठोक्किएको र सोही ठक्करबाट उनीहरुको निधन भएको गणेशका भाई झलक विकले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म पनि ठक्कर दिने गाडी फेला परेको छैन ।’
शनिबार करिब ४ः ४५ को हाराहारीमा दुर्घटना भएको अनुमान गरिएको छ ।

गणेश सुनार उक्त कारको चालक थिए र उनले लक्ष्मी टुर एण्ड ट्राभल्स’ नामक सेवामार्फत भारतबाट नेपाल र नेपालबाट भारतसम्म यात्रुहरूलाई ओसारपसार गर्ने गर्थे ।

आइतबार गोदावरीमा दाहसंस्कारपछि गणेशको परिवार फेरि घटनाको अनुसन्धानको माग गर्न भारत पुगेको छ । सत्यतथ्य छानविन गर्न र दोषिलाई कारबाही गर्न घटनास्थल नजिकैको प्रहरी कार्यालयमा याचना गरिरहेको छ ।

बुवाको मृत्युपछि किरिया बस्ने छोरा अहिले सेतो लुगामै बुवाको घटनाबारे अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित भारतमै भौतारिरहेका छन् ।

प्रतिक्रिया