कैलालीको उग्रतारा सुधारगृहमा एक युवक मृत भेटिए

कैलालीको उग्रतारा सुधारगृहमा एक युवक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ असोज २०८२
  • 3.6K
    Shares

पोखरा २२ असोज २०८२।
कैलालीको अत्तरियामा रहेको उग्रतारा सुधारगृहभित्र एक युवक मृत भेटिएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-७च गाउँका २७ वर्षीय रमेश तामाङ सुधारगृहभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार, तामाङ यस वर्षको बैशाख ८ गतेदेखि सुधारगृहमा बस्दै आएका थिए। घटनाको कारण खुलेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार