हत्कडीसहित ठमेल बजार घुमाइएका गुण्डा नाइके सानुभाइ फेरि समातिए

हत्कडीसहित ठमेल बजार घुमाइएका गुण्डा नाइके सानुभाइ फेरि समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 4.6K
    Shares

काठमाडौँ, १९ असोज २०८२।

हत्कडीसहित ठमेल बजार घुमाइएका गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ फेरि समातिएका छन्। उनलाई धाकधम्कीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले फेरि समातिएका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

गुरुङलाई २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा २०७२ सालको भदौ ३ मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

प्रतिक्रिया