तनहुँको दुलेगौंडामा विङ्गर जिप दुर्घटना : १२ जना घाइते

तनहुँको दुलेगौंडामा विङ्गर जिप दुर्घटना : १२ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 2.9K
    Shares

काठमाडौँ, १९ असोज २०८२।

तनहुँको दुलेगौंडामा आज अपरान्ह विङ्गर जिप दुर्घटनामा १२ जना घाइते भएका छन् ।

दुलेगौडाबाट लालिमतर्फ जाँदै गरेको ग १ ज ८३१७ नम्बरको विङ्गर जिप तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हेल्थपोष्टचोक नजिकै आज अपरान्ह दुर्घटनाग्रस्त हुँदा १२ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय बेलचौताराले दिएको जानकारी अनुसार , उक्त दुर्घटनामा घाइते हुनेहरुमा शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ४५ वर्षीया दिलकुमारी राना, सोही ठाउँ बस्ने २६ वर्षीय कमल रोका, २४ वर्षीया सोनी सापकोटा, २१ वर्षीया रविना थापा, ६५ वर्षीय मोहनबहादुर क्षेत्री, ६४ वर्षीया मनमाया सिग्देल, १६ वर्षीय रविन भुजेल, २५ वर्षीया करिष्मा थापा, १६ महिनाकी रोशनी थापा, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ३५ वर्षीया मन्जु विक, शुक्लागण्डकी नगरपालिका–१२ बस्ने ४९ वर्षीया देवीसिंह ठकुरी रहेका छन्।

घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि पोखरा पठाइएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । १६ महिनाकी रोशनी थापा, दिलकुमारी राना, रविना थापा, रविन भुजेल र देवीसिंह ठकुरीलाई गण्डकी मेडिकल कलेज पठाइएको छ ।

अन्य घाइतेको दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ । केही समय अगाडी सडक भासिएर जोखिमयुक्त बनेको स्थानमा दुर्घटना भएको हो ।

प्रतिक्रिया