पोखरा, १९ असोज २०८२।
मुग्लिन नारायणगढ सडक सुचारु भएको छ । तुइनखोलाको पहिरो हटाएसँगै मुग्लिन नारायणगढ सडक सुचारु भएको हो ।
मुग्लिन-नारायणगढ सडक सुचारु भएसंगै हाललाई पोखराबाट नारायणगढ जान सहज हुने अवस्था छ। तर मुग्लिन-नागढुङ्गा सडक अवरुद्ध भएका कारण सडकमा सवारी जामको परिस्थितिले रहेकाकारण मुग्लिन-नारायणगढ सडक छिचोल्न सहज भने हुने छैन।
लगातारको वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित सडक भासिएको छ र त्यहाँ सवारी आवतजावत एकतर्फी रुपमा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए।



