मुग्लिन-नागढुङ्गा सडक खण्डका ठाउँ-ठाउँमा पहिरो : आँबुखैरेनी- मुग्लिन सडकको साँखरमा एकतर्फी बाटो सुचारु

मुग्लिन-नागढुङ्गा सडक खण्डका ठाउँ-ठाउँमा पहिरो : आँबुखैरेनी- मुग्लिन सडकको साँखरमा एकतर्फी बाटो सुचारु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 4.3K
    Shares

पोखरा, १९ असोज २०८२।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।

शनिबार अपरान्ह ४ बजेतिर भासिएको उक्त सडक एकतर्फी सञ्चालरुपमामा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए।
दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले एक सुचना जारी गरेर मुग्लिन नागढुङ्गा सडक खण्डको तुइन खोला , काली खोला , तथा फिस्लिङदेखि उत्तर खण्डमा समेत पहिरो रहेको तथा ढुङ्गा खसी अबरोध रहेको जानकारी दिएको छ। अवरुद्ध मुग्लिन नारायणघाट सडक खण्ड खुलाउने कार्य भइरहेको बताउदै चितवन प्रहरीले धादिङ, तनहुँ, लगायतका छिमेकी जिल्लाका सडक खण्डहरुमा समेत पहिरो एवं ढुङ्गा खसेर बाटो अबरोध भएकोमा ती ठाउँहरुमा समेत खुलाउने कार्य भइरहेको जानकारी आएको बताएको छ।

अवरुद्ध बाटो नाखुलुन्जेल चितवनस्थित सेफ्टी होल्डिङमा रहेका सम्पूर्ण सवारीहरु लेन अनुशासनमा रहि यथास्थानमा बसिदिनु हुन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । साथै बाटो खुल्नासाथ पुन: जानकारी गराइने पनि बताएको ब्यछ।

प्रतिक्रिया