पाँचथरमा बोलेरो दुर्घटना : मृत्यु भएका छ जना र घाइते छ जनाकै भयो पहिचान

पाँचथरमा बोलेरो दुर्घटना : मृत्यु भएका छ जना र घाइते छ जनाकै भयो पहिचान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ असोज २०८२
  • 3.5K
    Shares

पोखरा, १९ असोज २०८२।

पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते भएका सबै ६ जनाकै पहिचान खुलेको छ ।

शनिवार दिउँसो मिक्वाखोला गाउँपालिका–४, साँवाबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएका ६ जना र घाइते भएका सबै ६ जनाकै पहिचान खुलेको हो ।

उक्त दुर्घटनामा परेर ताप्लेजुङको मेरिङदेन–५ की २८ वर्षीया मनीषा कार्की, मेरिङदेन–४ की २१ वर्षीया गीता हाङगाम, मेरिङदेन–२ का ३३ वर्षीय विनोद लुङवा, सिदिङवा–१ की २९ वर्षीया युना तामाङ, मेरिङदेन–५ का २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। त्यस्तै

सवारी करिब ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको र ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतकमा ताप्लेजुङको मेरिङदेन–५ की २८ वर्षीया मनीषा कार्की, मेरिङदेन–४ की २१ वर्षीया गीता हाङगाम, मेरिङदेन–२ का ३३ वर्षीय विनोद लुङवा, सिदिङवा–१ की २९ वर्षीया युना तामाङ, मेरिङदेन–५ का २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू रहेका छन् ।

त्यस्तै सोहि दुर्घटनामा परेर ताप्लेजुङ मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला–४ की २५ वर्षीया मनु साँवा लिम्बू, कालिखोलाका ७ वर्षीय सन्तोष लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ, मेरिङदेन–५ का २५ वर्षीय विमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू घाइते भएका र उनीहरु सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ताप्लेजुङ मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला–४ की २५ वर्षीया मनु साँवा लिम्बू, कालिखोलाका ७ वर्षीय सन्तोष लिम्बू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाईँ, मेरिङदेन–५ का २५ वर्षीय विमल लिम्बू र मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् ।

घाइतेहरू मध्ये अधिकांशको टाउको, ढाड र हातखुट्टामा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त बोलेरो करिब तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रतिक्रिया