पोखरी खन्दा मुर्ती भेटियो,

पोखरी खन्दा मुर्ती भेटियो,


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ बैशाख २०७४
  • 13.9K
    Shares

बैशाख २६ राजविराज : पोखरी जिर्णोद्धारका लागि माटो खन्दा मंगलबार सप्तरीमा विष्णु भगवानको कलात्मक मूर्ति भेटिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका-७ स्थित चिकनी पोखरी जिर्णोद्धारका लागि माटो खन्ने क्रममा कालो पत्थरको मुर्ति भेटिएको स्थानीय लक्ष्मण झाले बताउनु भयो ।

स्काइभेटरले साबिक रामनगर गाविस-२ स्थित पोखरीको माटो खनेपछि तीन फिट लामो र डेढ फिट चौडाई भएको आर्कषक मुर्ति फेला परेको हो । संसदीय विकास कोषको सहयोगमा जनता माध्यमिक विद्यालय रामनगर कोदरकट्टीको चिकनी पोखरी जिर्णोद्धार गर्ने क्रममा विष्णु भगवानको पूर्ण कदको मुर्ति फेला परेको प्रधानाध्यापक देबप्रसाद यादवले बताउनु भयो । विष्णुको वरिपरी विभिन्न आकृतिका स–साना मूर्तिहरु कुँदिएका छन् ।

मूर्ति भेटिएपछि स्थानीयले सो ठाउँको उत्खननको माग गरेका छन् । मुर्तिलाई अहिले साबिक रामनगर १ स्थित रामजानकी मन्दिरमा राखिएको छ । पोखरी खन्दा मूर्ति भेटिएको खबरपछि स्थानीय प्रशासन त्यसतर्फ गएको छ ।मूर्ति भेटिएको खबर फैलिएपछि वरिपरिका छिमेकी गाउँ रौतहट, मौवाहा, काचन, बेल्ही, मल्हनिया र भारतिय सिमावर्ती गाउँ बलुवा, लौकाहालगायतबाट पुग्ने श्रद्धालुहरुको त्यहाँ भिड नै लागेको छ । भिंड बढेपछि प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन् ।

प्रतिक्रिया