पोखरा, १८ असोज २०८२।
डोटीमा एक प्रहरी जवान मृत भेटिएका छन् ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शङ्कर बलायर केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने ठाउँमा मध्यरात १२:१५ बजे मृत भेटिएका हुन्। उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा आएका थिए ।
डोटी जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भएका प्रहरी जवान बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।