पोखरा, १७ असोज २०८२।
बागलुङको गल्कोटमा आज भएको जिप दुर्घटनामा एक जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना हुँदा एक जनाको निधन भएको हो भने दुई जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २६ वर्षिय दिनेश थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा घाइते भएका ४३ वर्षीय बिरवल परियारको थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ भने अर्का घाइते गल्कोट ५ सर्दाखेतका २४ वर्षिय मिलन परियार उपचारपछि घर फर्किएका छन्।