महोत्तरी बस दुर्घटना: ६ गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

महोत्तरी बस दुर्घटना: ६ गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०८२
  • 3.8K
    Shares

पोखरा, १७ असोज २०८२।

महोत्तरीस्थित खयरमारामा आज बिहान भएको बस गम्भीर घाइते भएका छ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ पठाईएको छ।

ना ६ ख १४६३० नम्बरको बस बर्दिबास नगरपालिकाको खैरमारामा पल्टिएर भएको दुर्घटनामा घाइते भएका २० जना मध्ये गम्भीर घाइते भएका छ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास–१० का ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोले २० वर्षीय सुनिता बिक, १३ बर्षीय प्रभाकर खड्कासहित ६ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाईएको सशस्त्र प्रहरी ९ नं गणका एसपी शेरबहादुर अधिकारीले जानकारी दिए। उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार हुन नसके पछि काठमाण्डौ पाठाइएको बताइएको छ।

शुक्रबार बिहान घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जान लागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । खयरमारा स्कुलअगाडि बसको ठक्करबाट पैदल यात्रु चुल्हाई चौधरी र दुर्घटनामा घाइते भएका सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्काको उपचार क्रममा मृत्यु भएको थियो।

घट्नाको उद्धार गर्न नेपाल प्रहरी सशस्त्र प्रहरी दुवै खटिएको थियो। सशस्त्र प्रहरीका मधेश प्रदेशका बाहिनीपति डिआइजी कृष्ण ढकाल आफै घट्नास्थल पुगेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दुवै परिचालित भएको थियो।

प्रतिक्रिया