महोत्तरीमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना : एकजनाको मृत्युु, २० घाइते

महोत्तरीमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना : एकजनाको मृत्युु, २० घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०८२
  • 4.1K
    Shares

पोखरा, १७ असोज २०८२।


महोत्तरीमा आज बिहान बस पल्टिदा एक जनाको घटनास्थलमै निधन भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् ,

महोत्तरीको खैरमाराबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६३० नम्बरको बस बर्दिबास नगरपालिका खैरमारामा पल्टिएर भएको दुर्घटनामा एक जनाको घटनास्थलमै निधन भएको हो।

उक्त दुर्घटनामा परेर स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

प्रतिक्रिया