महोत्तरीमा रावण दहनका क्रममा बम बिस्फोट : पांच जना घाइते

महोत्तरीमा रावण दहनका क्रममा बम बिस्फोट : पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०८२
  • 4K
    Shares

पोखरा, १७ असोज २०८२।

महोत्तरी सदरमुकाम जलेश्वरमा बम पड्किंदा पांच जना घाइते भएका छन्।

जलेश्वरमा भएको रावण दहनको क्रममा रावणमा लागेको बम पड्केर पाँचजना घाइते भएका हुन् ।

घाइतेहरुमध्ये जलेश्वर नगरपालिका ४ मसूरपट्टीका नौवर्षीय आनन्द पाठकको आँखामुनि गम्भीर चोट रहेकोमा आँखा विशेषज्ञसँग थप उपचार गराउन जनकपुर रिफर गरिएको छ भने बाँकी चार जना प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किएका छन्। सामान्य उपचारपछि जलेश्वर नगरपालिका ८ बस्ने अन्दाजी वर्ष ४३ का पवन पाठक, जलेश्वर ३ खैरा बस्ने वर्ष १४ का आलम राइन,जलेश्वर २ बस्ने वर्ष २० का सुरज भण्डारी र वड़ा नं १ बस्ने वर्ष २२ का मनीष चौधरी घर फर्किएका बताइएको छ।

दुर्गा पूजा समिति शंकर चौकका अनुसार पछिल्ला केहि वर्षदेखि रावणदहन गर्दै आएकोमा यस पटक थप दुई गरि तीन पुतला दहन गरेको हो । रावणको पुतला नजिक भएर उनीहरु त्यसबाट निस्केको कुनै कड़ा वस्तुले लागेर उनीहरु घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक जानकारी छ ।
न्यूज : रञ्जन भण्डारी

प्रतिक्रिया