पोखरामा इलेक्ट्रिक गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो : दुई जना घाइते

पोखरामा इलेक्ट्रिक गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो : दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ असोज २०८२
  • 6K
    Shares

पोखरा , १६ असोज २०८२

पोखराको मालेपाटनमा आज बिहान इलेक्ट्रिक हायस गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन्।

पोखराको बाग्लुङ बसपार्कबाट जिरोकिलो जिरोकिलोमिटरतिर तीब्र गतिमा आएको बीएए ०८४९ नम्बरको इलेक्ट्रिक हायस गाडीले पोखरा ५ मालेपाटनमा आज बिहाना करीब १०३० बजेको समयमा ग २० प १८३२ नम्बरको मोटरसाइकल र ग १४ प १४९९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुई जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर ४ घर भएका २७ वर्षीय नारायण सापकोटा र २२ वर्षीय नारायणी सापकोटा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको अवस्था मध्यम रहेको र हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

दुर्घटनापश्चात दुर्घटना गराउने इलेक्ट्रिक हायस गाडी र चालकलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया