पोखरा , १६ असोज २०८२
झापामा आज बिहान एउटा यात्रुबाहक बस दुर्घटना भएको छ। झापाको बिर्तामोड ६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नं को यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिन गइ दुर्घटनाग्रस्त भएको हो।
घटनास्थलमा प्रहरी पुगेको र घाइतेहरुलाई उद्धार गरी अस्पतालतर्फ पठाइदै गरेको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले बताएका छन् । घाइतेहरुको संख्या यकिन भइसकेको छैन ।