पोखरा १६ असोज २०८२ ।
बैतडीको पुर्चौडी नगरपालिका प्रमुख दीपक बहादुर बमका कान्छा छोरा प्राञ्जल बमको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।
मङ्गलवार राती धनगढी उपमहानगरपालिका–१३ र गोदावरी नगरपालिकाको सिमानामा भएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटनामा मेयरका छोरा प्राञ्जल बमको मृत्यु भएको हो।
बैतडीको पुर्चौडी–८ घर भएका का २४ वर्षीय प्राञ्जल बमले चलाइरहेको उक्त स्कुटर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइए पनि चिकित्सकहरूले प्राञ्जललाइ मृत घोषणा गरेका थिए । स्कुटरमा सवार २६ वर्षीय सरोज बम घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।